बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको अवधारणालाई अगाडि बढाउने कार्यलाई अनुमोदन गरेको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकबाट सात दलीय मोर्चा गठन गर्ने सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
त्यसैगरी जसपा नेपालले स्थानीय तहको अधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने र भ्रातृसङ्गठनहरुका अधिवेशन/महाधिवेशनलाई सम्बन्धित पार्टी समितिलाई आवश्यक सहयोग र समन्वयमा सफल गराउन मातहत समितिलाई निर्देशन दिइएको प्रमुख बस्नेतले बताए।
पार्टीले समानताका लागि सङ्घर्ष गर्न परिसंघ गठन गर्न यही चैत्र ३० गते पार्टी केन्द्रीय कार्यालयमा बैठकको आयोजना गर्ने भएको छ।
साथै बैठकले सर्लाही जिल्लामा पार्टीभित्र देखा परेका समस्या र गतिरोधलाई अन्त्य गर्न पार्टी केन्द्रीय उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवलाई विशेष जिम्मेवारी दिइएको बताइएको छ।
यो पनि—
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया