बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा रास्वपाका सदस्य संलग्न भनेर आएका समाचार र सामाजिक सञ्जालमा आएका व्यक्तिहरू पहिले नै पार्टीबाट अलग भएको स्पष्टीकरण दिएको छ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाले डा. राजकुमार राई, भगवती रोकालगायतका व्यक्तिहरू करिब तीन महिना अघि नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको जानकारी दिएको हो।
‘खोटाङका कांग्रेसका पूर्वनेता रहेका डा.राजकुमार राई, भगवती रोकालगायतका व्यक्तिहरू विगत करिब तीन महिना अगाडि देखिनै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको स्वघोषणा गरेका र हाल कुनै जिम्मेवारीमा नरहेका कुरा स्पष्ट गरिएको छ। उनीहरू रास्वपाका विभिन्न महत्वपूर्ण पदमा रहेको भनी मिडियामा आएकाले उक्त कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको जानकारी यसै विज्ञप्तिद्वारा सबै आमसञ्चारमाध्यमहरूमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।
केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठको हस्ताक्षर रहेको विज्ञप्तिमा कानुन उल्लंघन गर्ने जोसुकै मानिस कानुनको दायरामा आउनुपर्ने र आफ्नो पार्टीभित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भएपनि पार्टीको तर्फबाट कानुनलाई पूर्ण सहयोग गर्ने भनिएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया