बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा रास्वपाका सदस्य संलग्न भनेर आएका समाचार र सामाजिक सञ्जालमा आएका व्यक्तिहरू पहिले नै पार्टीबाट अलग भएको स्पष्टीकरण दिएको छ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाले डा. राजकुमार राई, भगवती रोकालगायतका व्यक्तिहरू करिब तीन महिना अघि नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको जानकारी दिएको हो।
‘खोटाङका कांग्रेसका पूर्वनेता रहेका डा.राजकुमार राई, भगवती रोकालगायतका व्यक्तिहरू विगत करिब तीन महिना अगाडि देखिनै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको स्वघोषणा गरेका र हाल कुनै जिम्मेवारीमा नरहेका कुरा स्पष्ट गरिएको छ। उनीहरू रास्वपाका विभिन्न महत्वपूर्ण पदमा रहेको भनी मिडियामा आएकाले उक्त कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको जानकारी यसै विज्ञप्तिद्वारा सबै आमसञ्चारमाध्यमहरूमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।
केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठको हस्ताक्षर रहेको विज्ञप्तिमा कानुन उल्लंघन गर्ने जोसुकै मानिस कानुनको दायरामा आउनुपर्ने र आफ्नो पार्टीभित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भएपनि पार्टीको तर्फबाट कानुनलाई पूर्ण सहयोग गर्ने भनिएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया