बिएल संवाददाता
राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको लागि राष्ट्रवादीहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन्।
बिहीबार राप्रपा नेपालका प्रवक्ता स्व. वसन्तमान सिंह अधिकारीको १३औं दिनको पूण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले अहिले गणतन्त्रवादीहरूले राजालाई बदनाम गरी झुटा आरोप लगाउँदा आफ्नो विचारको प्रतिरक्षाको निम्ति एकठाउँमा उभिनुपर्ने बताएका हुन्।
उनले भने, ‘म देशभरका राष्ट्रवादी साथीहरूलाई आग्रह गर्न चाहन्छु अहिले जसरी राजालाई बदनाम गर्ने, झुटा आरोप लगाउने, हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई निषेध गर्ने, समाप्त पार्ने जुन प्रयास भइरहेको छ त्यसबाट सजक भएर आफ्नो आस्था र विचारको प्रतिरक्षाको निमित्त सबै राष्ट्रवादीहरू एकठाउँमा उभिनु बाहेक अर्काे विकल्प छैन।’
उनले अहिले आफ्ना सानातिना मतभेद, स्वार्थको कारणले एक ठाउँमा आएर आफ्नो आस्थाको प्रतिरक्षा नगरे भविष्यमा पछुताउनुपर्ने बताए। अध्यक्ष थापाले गणतन्त्रवादीहरूले चाहे अनुसार भयो भने पद र दल मात्र होइन वैचारिक अस्तित्व नै संकटमा पर्ने पनि बताए।
‘हाम्रो विचारलाई राजालाई बदनाम गर्न खोजिरहेका छन्। कसरी हिन्दु राष्ट्रको मान्यता र राजसंस्थालाई भ्रमपुर्ण ढङगबाट कमजोर बनाउन खोजिरहेका छन्। यदि उनीहरूले चाहे अनुसार अभिष्ट पूरा भयो भने हाम्रो पद र दल मात्र होइन हाम्रो वैचारिक अस्तित्व नै संकटमा पर्छ,’ उनले भने।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया