बिएल संवाददाता
प्रतिनिधिसभा अन्तर्गत कानुन समितिकाे बैठकमा सत्ता साझेदार नेकपा एमाले र नेपाली काँग्रेसका सांसदहरूले समान धारणा राखेका छन्।
चैत १५ गतेकाे घटनाबारे भएकाे छलफलमा दुबै दलका सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहदेखि दुर्गा प्रसाईंसम्मलाई कारबाहीकाे दायरामा ल्याउपर्ने बताएका थिए।
काँग्रेस सांसद नागिना यादवले त निकै आक्राेशित भएर त्याे दिन आफू मन्त्री भएकाे भए दुर्गा प्रसाईंलाई शूट गर्ने आदेश दिने थिएँ भन्ने अभिव्यक्ति दिइन्।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले चैत १५ गते राजावादीहरुको आन्दोलनको घटनामा दुर्गा प्रसाई पक्राउ परिसकेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई पनि जवाफदेहिताको तहमा ल्याइनुपर्ने बताए।
‘आन्दोलनको अगुवाई गर्ने दुर्गा प्रसाईंजी प्रहरीको नियन्त्रणमा आइपुगेको भन्ने हामीले सुनेका छौं । अहिले यति भन्छु । कोही कसैलाई पनि उन्मुक्ति नहोस्, कानून बमोजिम कारवाहीको दायरामा ल्याउने कुरामा सरकारको दृढतापूर्वक पहलकदमी गरोस,’ उनले भने,‘फागुन ७ गते पूर्वराजाले जनताको नाममा जुन आह्वान गर्नुभयो त्यसपछि घटनाहरु प्रारम्भ भएको देखिन्छ । यति ठूलो घटना हुँदा उहाँ स्वयमले फागुन ७ आह्वान गरेको अभिव्यक्तिबाट उत्साही भएर घटना भएको देखिन्छ । तर घटनासँग जोडेर कुनै प्रतिक्रिया दिनुभएको छैन् । मृतकलाई श्रद्धान्जली समेत दिनुभएको छैन् । यसले उहाँको कहिँ न कहिँ संलग्नता छ भन्ने पुष्टि हुन्छ । त्यसैले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा ल्याउनुपर्छ।’
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया