बिएल संवाददाता
प्रतिनिधिसभा अन्तर्गत कानुन समितिकाे बैठकमा सत्ता साझेदार नेकपा एमाले र नेपाली काँग्रेसका सांसदहरूले समान धारणा राखेका छन्।
चैत १५ गतेकाे घटनाबारे भएकाे छलफलमा दुबै दलका सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहदेखि दुर्गा प्रसाईंसम्मलाई कारबाहीकाे दायरामा ल्याउपर्ने बताएका थिए।
काँग्रेस सांसद नागिना यादवले त निकै आक्राेशित भएर त्याे दिन आफू मन्त्री भएकाे भए दुर्गा प्रसाईंलाई शूट गर्ने आदेश दिने थिएँ भन्ने अभिव्यक्ति दिइन्।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले चैत १५ गते राजावादीहरुको आन्दोलनको घटनामा दुर्गा प्रसाई पक्राउ परिसकेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई पनि जवाफदेहिताको तहमा ल्याइनुपर्ने बताए।
‘आन्दोलनको अगुवाई गर्ने दुर्गा प्रसाईंजी प्रहरीको नियन्त्रणमा आइपुगेको भन्ने हामीले सुनेका छौं । अहिले यति भन्छु । कोही कसैलाई पनि उन्मुक्ति नहोस्, कानून बमोजिम कारवाहीको दायरामा ल्याउने कुरामा सरकारको दृढतापूर्वक पहलकदमी गरोस,’ उनले भने,‘फागुन ७ गते पूर्वराजाले जनताको नाममा जुन आह्वान गर्नुभयो त्यसपछि घटनाहरु प्रारम्भ भएको देखिन्छ । यति ठूलो घटना हुँदा उहाँ स्वयमले फागुन ७ आह्वान गरेको अभिव्यक्तिबाट उत्साही भएर घटना भएको देखिन्छ । तर घटनासँग जोडेर कुनै प्रतिक्रिया दिनुभएको छैन् । मृतकलाई श्रद्धान्जली समेत दिनुभएको छैन् । यसले उहाँको कहिँ न कहिँ संलग्नता छ भन्ने पुष्टि हुन्छ । त्यसैले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा ल्याउनुपर्छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया