बिएल संवाददाता
अमेरिकाले ३० दिनभन्दा बढी समय अमेरिकामा बसिरहेका नागरिक एउटा कानुनअनुसार दर्ता नभए उनीहरूलाई जरिवाना र जेल सजाय हुने चेतावनी दिएको छ।
ट्रम्पले ब्यूँताएको २०० वर्षभन्दा पुरानो एलियन एक्टअनुसार दर्ता नहुने विदेशी नागरिकलाई जहाँ, जुनसुकै अवस्थामा पनि गिरफ्तार गरेर जेल, जरिवाना र देश निकालासम्म हुने भन्दै अमेरिकाले तत्काल दर्ता प्रक्रियामा आउन भनेको छ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिडले सबै विदेशी नागरिक ३० दिनभन्दा बढी समय बस्दा संघीय सरकारमा दर्ता हुन भनेकी छिन्। त्यसका लागि अप्रिल ११ सम्मको समय दिइएको छ।
‘राष्ट्रपति ट्रम्पले पनि भनिसक्नु भएको छ कि यदि तपाईंहरू विदेशी नागरिक हुनुहुन्छ र अमेरिकामा ३० दिनभन्दा धेरै समयसम्म बसिरहनुभएको छ भने तुरन्त हाम्रो कानुनअनुसार दर्ता हुनुस्। नत्र तपाईंलाई जेल, जरिवाना र देश निकालासम्म हुनसक्छ। त्यसपछि तपाईं कहिल्यै अमेरिका प्रवेश गर्न पाउनुहुनेछैन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया