बिएल संवाददाता
नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टी सुकिला मुकिला र पैसावालाहरूको कब्जामा जाने खतरा रहेको बताएका छन्।
नयाँ वर्ष २०८२ अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कांग्रेसका इमान्दार, निःस्वार्थी र स्वाभिमानी नेताहरूको सक्रियताविना पार्टीमा इमान र नैतिकताको राजनीतिक भावधारा बगाउन सम्भव नभएको बताए।
उनले भनेका छन्, ‘पार्टीको अगुवाइमा ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’को अभियान नचलाई बस्ने हो भने बीपी कोइरालाले भन्नु भए झैं कांग्रेस पार्टी सुकिला मुकिला र पैसावालाको कब्जामा जाने खतरा छ। र, म त्यो देख्दैछु।’
त्यस्तै उने नेपाली राष्ट्रियता, धर्म संस्कृति र समृद्धिको लागि एकपटक फेरि नेपाली कांग्रेसमा पूर्नजागरणकाल जगाउनुपर्ने बताएका छन्। कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने भन्दै त्यसतर्फ सचेत रहेका पार्टीका नेता कार्यकर्तालाई उनले आग्रह गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया