बिएल संवाददाता
उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाल प्राप्त अधिकारहरू सित्तैमा नआएको बताएका छन्।
बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले धेरै लामो संघर्षपछि अधिकारहरू प्राप्त गरेकाले त्यसलाई सुरक्षित गर्ने जिम्मेवारी सबैजनाको भएको बताएका हुन्।
उनले भने, ‘जुन अधिकारहरू हामी प्राप्त गरिराखेका छौं ति अधिकारहरू सित्तैमा आएको होइन। धेरै लामो संघर्षपछि प्राप्त गरेका छौं। प्राप्त अधिकारहरूलाई सुरक्षित गर्ने तपाईं हामीहरूको जिम्मेवारी हो। सबैले के बुझ्नुपर्यो भने जसरी अहिले हामी भेला भएका छौं त्यो अधिकार खोसियो भने के हुन्छ? त्यो बुझ्न आवश्यक छ। अधिकारको कुरा पनि गरौं, सँगसँगै आफ्नो जिम्मेवारीमा पनि जोड दिनुपर्छ।’
साथै उनले आम नेपाली जनतालाई सकारात्मक रुपमा प्रभाव पार्ने कार्य गर्दाखेरी सजिलो हुने खालको प्रविधिलाई अगाडि बढाउन आवश्यक रहेको बताए।
उनले राष्ट्रको आवश्यकता, समयको माग अनुसार र जनताले चाहे अनुसारको नीतिहरू अगाडि बढाउँदा सबैलाई राम्रो हुने बताए।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया