बिएल संवाददाता
उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाल प्राप्त अधिकारहरू सित्तैमा नआएको बताएका छन्।
बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले धेरै लामो संघर्षपछि अधिकारहरू प्राप्त गरेकाले त्यसलाई सुरक्षित गर्ने जिम्मेवारी सबैजनाको भएको बताएका हुन्।
उनले भने, ‘जुन अधिकारहरू हामी प्राप्त गरिराखेका छौं ति अधिकारहरू सित्तैमा आएको होइन। धेरै लामो संघर्षपछि प्राप्त गरेका छौं। प्राप्त अधिकारहरूलाई सुरक्षित गर्ने तपाईं हामीहरूको जिम्मेवारी हो। सबैले के बुझ्नुपर्यो भने जसरी अहिले हामी भेला भएका छौं त्यो अधिकार खोसियो भने के हुन्छ? त्यो बुझ्न आवश्यक छ। अधिकारको कुरा पनि गरौं, सँगसँगै आफ्नो जिम्मेवारीमा पनि जोड दिनुपर्छ।’
साथै उनले आम नेपाली जनतालाई सकारात्मक रुपमा प्रभाव पार्ने कार्य गर्दाखेरी सजिलो हुने खालको प्रविधिलाई अगाडि बढाउन आवश्यक रहेको बताए।
उनले राष्ट्रको आवश्यकता, समयको माग अनुसार र जनताले चाहे अनुसारको नीतिहरू अगाडि बढाउँदा सबैलाई राम्रो हुने बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया