बिएल संवाददाता
आन्दोलनरत शिक्षकहरू र शिक्षामन्त्री रघुजी पन्तसहित पदाधिकारीहरू अहिले वार्तामा बसिरहेका छन्। वार्तामा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापालगायत सहभागी छन्।
बिहीबार शिक्षामन्त्रीका रुपमा सपथ लिएका पन्तले शुक्रबार नै शिक्षकहरूलाई वार्तामा बोलाएका थिए। तर मन्त्रालयले पठाएका शिक्षक प्रतिनिधिहरुका नाम र सिंहदरबार पुगेका शिक्षकहरूको नाम नमिलेपछि उनीहरू फर्किएका थिए।
साँझपख फेरि केही पदाधिकारीहरू शिक्षमन्त्रालय पुगेर नयाँ शिक्षामन्त्रीलाई बधाई दिएका थिए। यसअघि विद्या भट्टराईले राजीनामा दिएपछि रघुजी पन्त शिक्षमन्त्रीमा नियुक्त भएका हुन्।
भट्टराईले पनि पटक पटक उनीहरूलाई वार्ताम बोलाएकी थिइन्। तर कुनै सहमति हुन सकेन।
शिक्षकहरू २५ दिनदेखि काठमाडौंमा आन्दोलित छन्। शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै उनीहरूले वार्तासँगै आन्दोलन पनि जारी राख्ने जनाएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया