बिएल संवाददाता
आर्थिक अनिश्चितता र अमेरिकासँग बढेको तनावका कारण क्यानडाको संघीय चुनावको मत परिणाममा परिवर्तन हुने देखिएको छ।
चुनावमा हालका प्रधानमन्त्री मार्क कार्नी नेतृत्वको लिबरल पार्टी र मुख्य विपक्षी कन्जर्भेटिभ पार्टी आफ्नो अस्तित्व जोगाउने कसरतमा छन्। अन्य पार्टीहरूले पनि सोही अनुसारको रणनीतिमा रहेकाले परिणाममा ठूलै उथलपुथल हुने अनुमान गरिएको छ।
वर्षको सुरुमा, पियरे पोइलिभ्रेको नेतृत्वमा रहेको कन्जर्भेटिभहरूले सर्वेक्षणमा २० अंकभन्दा बढीको अग्रता लिएका थिए। तर अमेरिकी व्यापार विवादको बीचमा जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्दै मार्क कार्नीले लिबरल पार्टीलाई अब जित्ने संकेतहरू देखिएका छन्।
टोरन्टो मेट्रोपोलिटन युनिभर्सिटीका डेमोक्रेटिक इन्गेजमेन्ट एक्सचेन्जकी निर्देशक जोन बीबेले क्यानडामा अभूतपूर्व चुनाव हुने अनुमान गरिन्। ‘विगत केही महिनामा हामीले देखेको जस्तो छिटो र नाटकीय रूपमा एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको भाग्य कहिल्यै उल्टिएको छैन। यो एक अभूतपूर्व चुनाव हो, किनकि हामी अभूतपूर्व समयमा बाँचिरहेका छौं,’ उनले भनिन्।
मतदाताहरूले कन्जरभेटिभ वा लिबरल दुवै पक्षमा आफ्नो समर्थन बढाउँदै जाँदा क्यानडाका अन्य प्रमुख दलहरूको समर्थन घट्दै गएको सर्वेक्षणहरूले देखाएका छन्।
संयुक्त राज्य अमेरिकासँगको ट्यारिफ विवाद र क्यानडाको सार्वभौमिकतामाथि बढ्दो चिन्ताको पृष्ठभूमिमा परिणाम फरक पर्ने अनुमान गरिएको छ।
ट्रम्पले क्यानाडामाथि आर्थिक दबाब बढाएका बेला र उनले क्यानाडालाई अमेरिकाको ५१औं प्रान्त बनाउने विचारसमेत अनेकौं पटक सार्वजनिक रूपमा व्यक्त गरेकाले त्यसको प्रभाव चुनावमा पर्ने निश्चित देखिएको छ।
ट्रम्पको अभिव्यक्तिले क्यानाडाको राजनीतिमा राष्ट्रियतावादी भावनालाई बलियो बनाइदिएको छ।
क्यानाडामा आज अर्थात अप्रिल २८ मा ३४३ सांसद छनौट गर्न देशभरी एकैसाथ संघीय संसद हाउस अफ कमन्सको चुनाव भइरहेको छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया