काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार पार्टी एकताको घोषणा हुँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे पार्टी एकताको घोषणा गरिने कार्यक्रम छ।
जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरण पछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहनेछ। जसको संरक्षकमा उन्मुक्ति पार्टीका रेशम चौधरी रहने छन् भने जनमतका सीके राउत अध्यक्ष र नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने सहमति भएको छ। एकता पछिको नयाँ पार्टीको चुनाव चिह्न ढकिया हुनेछ।
सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन् भने २५ सदस्यीय केन्द्रीय पदाधिकारी, ५१ सदस्यीय केन्द्रीय कार्यसमिति र दुवैतर्फबाट ३५०-३५० गरी कम्तिमा ७ सय केन्द्रीय सदस्य रहने छन्।
एकीकरण पछि प्रतिनिधिसभामा एकीकृत पार्टीमा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका चार गरी १० सांसद हुने छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया