बिएल संवाददाता
आज (शुक्रबार) बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ। योसँगै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको सपथ पनि रोकिएको छ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो।
बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन्। बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो।
सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्को बैठकमा प्रस्तुत हुनेछ।
यसअघि पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारमात्रै खमबहादुर गर्बुजालाई उर्जा राज्यमन्त्रीमा नियुक्त गरेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया