बिएल संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले भारतको उडिसास्थित कलिंगा इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्यनरत नेपाली विद्यार्थी प्रिन्सा शाहको मृत्यु भएको घटनाप्रति मन्त्रालय गम्भीर भएर लागेको बताएका छन्।
सोमबार शिक्षा उपसमितिको बैठकमा उनले मन्त्रालयमा सम्बन्धित अधिकारीहरूलाई विश्वविद्यालयमा कुन-कुन एजेन्सीबाट विद्यार्थी पठाउने गरेको ती एजेन्सीहरूसँग बसेर घटनाको छलफल गर्न निर्देशन दिएको जानकारी दिए।
उनले भने, ‘मैले मन्त्रालयमा सम्बन्धित अधिकारीहरूलाई विश्वविद्यालयमा कुन कुन एजेन्सीबाट विद्यार्थी पठाउने गरेको छ, ती मान्छेहरू पत्ता लगाउनु र उनीहरूसँग एक पटक बसेर कसरी यस्तो घटना भयो छलफल गर्नुपर्यो भनेर निर्देशन पनि दिएको छु। यसमा काम भइरहेको छ।’
यस्तै, यो घटना हुनासाथ मन्त्रालयमा सम्बन्धित अधिकारीहरूलाई तत्काल परराष्ट्रसँग समन्वय गरेर यस बारेमा विस्तृत जानकारी लिन निर्देशन दिएको भन्दै यस बारेमा मन्त्रालयले आवश्यक समन्वय पनि गरेको बताए।
यसैगरी, विद्यालय शिक्षा विधेयकलाई टुंगो लगाउनका लागि गठन गरिएको संसदीय उपसमितिको म्याद १० दिन थप भएको छ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमाले सचिवसमेत रहेका छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिको म्याद १० दिन थप भएको हो।
उपसमितिले पाएको ३५ दिनको समयसीमा हिजो सकिएको थियो। अझै केही छलफल/निर्णय बाँकी रहेको भन्दै उपसमितिले म्याद थप मागेको थियो।
समितिका सभापति अम्मरबहादुर थापाले सोमबारको बैठकमा १० दिनको म्याद थपका लागि गरेको प्रस्ताव पारित भएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया