बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएका छन्।
सोमबार जीपी कोइराला फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको नेपाल-चीनबीचको ७० वर्ष लामो सम्बन्ध दर्शाउने फोटो प्रर्दशनीमा बोल्दै उनले एक चीन नीति नेपालले लिएको भन्दै चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिइने प्रतिबद्धता जनाए।
उनले भने, ‘यो फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउँदै दुई देशको सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास लिएको छु। मैले सँधै भन्ने गरेको छु- एक चीन नीति नेपालले लिएको छ। मित्र राष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन भन्ने विश्वास फेरि पनि दिलाउन चाहान्छु।’
त्यस्तै, उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गरे।
उनले भने, ‘मित्र राष्ट्र चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्यलगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ। मलाई विश्वास छ चीनले आगामी दिनमा नेपालको थप विकासमा सहयोग गर्ने नै छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया