बिएल संवाददाता
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन्।
नेपाली कांग्रेस रामेछापको दोस्रो नगर सम्मेलन उद्घाटन कार्यक्रमलाई बुधबार रामेछापमा सम्बोधन गर्दै सिटौलाले बाहिर हल्ला भए जस्तो सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताए।
‘बाहिर आएको हल्ला जस्तो सरकार परिवर्तनको कुरामा कांग्रेसको ध्यान गएको छैन, हाम्रो तर्फबाट गठबन्धनमा कुनै धोका हुँदैन’, उनले भने।
दुईवटा पार्टीको सरकार भएको कारण सानातिना कुरामा कहिलेकाहीँ समस्या हुने कुरा भने सामान्य भएको सिटौलाले बताए।
‘दुईवटा पार्टीको सरकार रहेकाले अलि अलि समस्या त हुन्छ नै, त्यसलाई शीर्ष नेताहरू बसेर मिलाउँदै जानुहुन्छ, मिल्छ’, उनले भने।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पटक पटक धोका दिएको कारण कांग्रेस र एमालेको सरकार बनेको उनले स्पष्ट पारे। त्यसैले कांग्रेसका कारण अहिलेको गठबन्धन सरकारमा कुनै समस्या नहुने सिटौलाले बताए।
‘हामी सानोतिनो समस्याबाट अहिलेको सत्ता गठबन्धनबाट भाग्नेवाला छैनौँ’, सिटौलाले भने ।
सिटौलाले कांग्रेस देशको प्रमुख राजनीतिक शक्ति मात्र नभएर परिवर्तनको संवाहक समेत भएको बताए। त्यसैले कांग्रेस कार्यकर्ता बजारमा चल्ने हल्लाको पछि लाग्नु नहुने उनको धारणा छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया