
बिएल संवाददाता
प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको बडिकेदार (ठूला केदार) धाम शक्तिपीठमा सञ्चालन भइरहेको ‘लिङ्गपुराण महायज्ञ’मा एक लाख ११ हजार एक सय ११ सहयोग प्रदान गरेका छन्।
सुदूरपश्चिम प्रदेशभरकै ठूलो एवं महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा अलौकिक शक्तिले सु-प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाम शक्तिपीठ (ठूला केदार) स्थलमा सञ्चालमा रहेको महायज्ञका लागि उक्त रकम प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए।
उनले भने, ‘यही वैशाख २२ गतेदेखि २८ गतेसम्म सञ्चालन भईरहेको लिङ्गपुराण महायज्ञका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँ आज प्रदान गर्नुभएको हो।’
महायज्ञलाई सफल बनाउन बडिकेदार क्षेत्रका नागरिक तथा भक्तजनबाट सहयोग भईरहेको र आज पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य आलेले एक लाख ११ हजार एक सय ११ रुपैयाँ दिने जानकारी प्राप्त भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिए।
उनका अनुसार आले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुदाँ बडिकेदारको विकास एवं स्तारोन्नतीका लागि आठ करोड बजेट विनियोजन भएको थियो।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया