
बिएल संवाददाता
धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
साम्प्रदायिक सदभावमा असर पुर्याएको आरोपमा प्रहरीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका १६ वर्षिय युवक साजिद खानलाई पक्राउ गरेको हो।
साम्प्रदायिक सदभावमा असर पार्ने किसिमको भाषा प्रयोग गरी खानले भिडियो बनाइएर सामाजिक सञ्जालमा आइतबार राती पोष्ट गरेका थिए।
सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि तत्काल पक्राउ गरी कारवाही गर्न स्थानीय अगुवाहरूले माग गरेका थिए।
प्रहरीले सोमबार बिहान खानलाई पक्राउ गरी अनुसन्धान थालेको बताएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणी गिरीले सामाजिक सञ्जालमा सदभाव बिग्रिने भिडियो पोष्ट गरेका युवकलाई गौरबाट नियन्त्रणमा लिएको बताए।
यस विषयमा आवश्यक अनुसन्धान गरेर आवश्यक कानुनी कारवाही गरिने उनले जानकारी दिए। धार्मिक सदभाव बिगार्ने किसिमको कार्य नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया