बिएल संवाददाता
जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला परेको छ।
जनकपुरधाम उपमहानगरपालिका-६ मा रहेको उक्त सार्वजनिक पोखरीमा बुधबार बिहान जनकपुरधाम-४ का ४० वर्षीय रविन कर्णको शव फेला परेको हो।
हिजो बेलुका करीब ५ बजे पोखरीमा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वार्टर धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको नेतृत्वमा डीएम तालिम प्राप्त ३ जना र गोताखोर तालिम प्राप्त १ जनासहित ९ जनाको टोली हिजो कर्णको खोजीमा परिचालन गरिएको थियो।
टोलीले हिजो दुई घण्टासम्म खोजी कार्य गरेपनि बेपत्ता कर्णलाई फेला पार्न सकेको थिएन। आज बिहान कर्णको शव तैरिइरहेको अवस्थामा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कर्णको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटनाको अनुसन्धान पनि सुरु भएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया