बिएल संवाददाता
जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला परेको छ।
जनकपुरधाम उपमहानगरपालिका-६ मा रहेको उक्त सार्वजनिक पोखरीमा बुधबार बिहान जनकपुरधाम-४ का ४० वर्षीय रविन कर्णको शव फेला परेको हो।
हिजो बेलुका करीब ५ बजे पोखरीमा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वार्टर धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको नेतृत्वमा डीएम तालिम प्राप्त ३ जना र गोताखोर तालिम प्राप्त १ जनासहित ९ जनाको टोली हिजो कर्णको खोजीमा परिचालन गरिएको थियो।
टोलीले हिजो दुई घण्टासम्म खोजी कार्य गरेपनि बेपत्ता कर्णलाई फेला पार्न सकेको थिएन। आज बिहान कर्णको शव तैरिइरहेको अवस्थामा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कर्णको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटनाको अनुसन्धान पनि सुरु भएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया