बिएल संवाददाता
सरकारले नारायणी अस्पताल विकास समिति सदस्यमा बिमल पौडेललाई मनोनित गरेको छ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पौडेललार्ई सदस्य मनोनित गरिएको हो। उनी आगामी तीन वर्ष अस्पताल विकास समिति सदस्यको जिम्मेवारीमा रहने छन्।
सदस्य नियुक्त भएसँगै पौडेलले अस्पतालको सेवा, सुविधालाई सरल, सहज र आम नागरिकको लागि पहुँच योग्य बनाउने बताए। उनले अस्पतालको सेवा प्रवाह र गुणस्तर वृद्धिका लागि आफुले प्रयास गर्ने बताए। उनी नेकपा(एमाले) पर्सा जिल्लाको सचिवालय सदस्य रहेका छन्।
पौडेलले माओवादी पृष्ठभूमिबाट राजनीतिक यात्रा थालनी गरेका हुन्। उनले नेपाल खेलकुद महासंघको केन्द्रीय सचिव र महासंघकै मधेस प्रदेश सह-इन्चार्ज को जिम्मेवारी पनि निभाइसकेका छन्। त्यस्तै, उनले राष्ट्रिय युवा संघ पर्शाको पूर्व ईन्चार्जको भुमिका पनि निभाएका छन्।
पर्सामा लोकप्रिय युवा नेताको छवि बनाएका बिमल पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नारायणी अस्पताल सुधारका लागि सक्षम व्यक्ति भएको उल्लेख गर्दै मनोनित गर्न सिफारिस गरेका थिए। सामाजिक तथा राजनीतिक काममा उनको सक्रियता देखेर स्थानीयवासीहरू उनलाई सो ठाउँमा देख्न चाहेका बताउँछन्। पौडेलले अस्पतालको समग्र क्षेत्रको विकासमा मन, बचन र कर्मले ध्यान पुर्याउने स्थानीयले विश्वास व्यक्त गरेका छन्।
वीरगञ्जका क्रियाशिल स्वास्थ्य तथा सामाजिक क्षेत्रका सरोकारवाला निकायबाट पौडेलको मनोनयनलाई खुलेर स्वागत गरिएको छ। अस्पतालमा पारदर्शी, जनमुखी र परिणाममुखी सेवा प्रणाली निर्माण गर्न उनले नेतृत्वदायी भूमिका खेल्ने विश्वास उनीहरूको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया