बिएल संवाददाता
पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जननेता मदन भण्डारीले ल्याएको बहुदलीय जनवाद अहिलेको समय सान्दर्भिक भएको बताएका छन्।
शनिबार जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा आयोजित परिसंवाद कार्यक्रममा बोल्दै उनले बहुदलीय जनवादले पार्टी पङ्त्तिमा सहकार्य निर्माण गर्न सकेको भन्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
‘जननेता मदन भण्डारीले बहुदलीय जनवाद भनेर अगाडि सार्नुभयो, त्यो समय सान्दर्भिक, बदलिदो विश्व परिस्थितीमा खुल्ला प्रतिस्पर्धी राजनीतिक गरेर सत्तामा जान सकिन्छ र लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने मान्यता नेपालमा प्रवेश गराउनु भयो। त्यसले मलाई लाग्छ पार्टी पङित्तमा सहकार्य र एकअर्कालाई बुझ्ने परिस्थिती निर्माण भएको मलाई लाग्छ,’ उनले भने।
उनले विगतको प्रतिस्पर्धी राजनीतिक र एकअर्काको अस्तित्व नस्वीकार्ने परिस्थितीमा परिवर्तन भई आज एकअर्कामा प्रतिस्पर्धा गरेपनि संयुक्त्तरुपमा प्रतिगामीलाई परास्त गर्न सक्ने बताए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया