बिएल संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले व्यक्ति र राजनीतिलाई गाली गरेर मात्रै देश सुधार्न नसकिने बताएका छन्।
आइतबार गण्डकी आयुर्वेद अस्पतालमा विशेष सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले व्यक्ति र राजनीतिलाई गाली गरेर मात्रै देश सुधार्न नसकिने भन्दै सक्षम र सकारात्मक काम गर्न सक्ने मान्छे राजनीतिमा आउनुपर्ने बताए।
उनले भने, ‘जनताले आफ्नो जनप्रतिनिधि आफैंले छान्ने हो। र त्यो बाट राज्य सञ्चालन गर्ने हो। म अहिले यहाँको मुख्यमन्त्री छु। मैलेभन्दा राम्रो गर्न सक्ने, इच्छा राख्ने हिम्मत हुनेहरूले मलाई विस्थापित गरेर आउनु हुन्छ मेरो ठाउँमा। यहाँ व्यक्ति र राजनीतिलाई गाली गरेर केवल व्यक्तिगत कुरा मात्रै गरेर केही कुरा सुधार्न सकिँदैन। सक्षम र गर्नसक्ने मान्छे राजनीतिमा आउनुपर्छ। नभएका कामहरू गरेर देखाउनुपर्ने अहिलेको आवश्यकता हो। तब मात्रै नेपाल बन्न सक्छ।’
त्यस्तै उनले नकारात्मक कुराले नेपाल बनाउन नसकिने धारणा राखे। सबै सकारात्मक कामहरू गर्दै गयो भने मात्रै स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सकिने उनको भनाई छ।
उनले भने, ‘नकारात्मक कुराले नेपाल बनाउन सकिँदैन। नेपाल बनाउनको लागि यसमा सबैको सकारात्मक सोचका साथ अगाडि बढ्न सक्यौं भने मात्रै हामीले गर्न सक्छौं। हाम्रै पालामा राम्रो गर्न सक्छौं। हामी सबै सकारात्मक कामहरू गर्दै गयौं भने स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सक्छौं।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया