बिएल संवाददाता
नेकपा एमालेका सांसद सूर्य थापाले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले सांसदलाई विकास प्रक्रियाबाट अलग गर्नुपर्ने नकारात्मक भाष्य निर्माण गर्न लागिएको भन्दै आपत्ति प्रकट गरे।
उनले भने, ‘निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी, अटुट र अन्योयास्रित रुपमा जोड्नु अनिवार्य छ। समाजमा एकथरी मानिसहरू यसकार्यमा सांसदलाई अलग गर्नुपर्ने वाहियात छलफल, बुद्धिविलास, पूवाग्रही एवम् नकारात्मक भाष्य निर्माण गर्न लागेको भेटिन्छन्।’
उनले सांसदहरूलाई कोष नभइ योजना सिफारिस गर्ने अधिकार भएको बताए। उनले निर्वाचित जनप्रतिनिधिहरूको भूमिका कमजोर बनाउने कार्य कुनै बहानामा पनि उचित नहुने भन्दै यसमा आम नागरिकको असन्तुष्टि थप बढ्दै जाने बताए।
‘सांसदहरूलाई कोष होइन योजना सिफारिस गर्ने अधिकार दिंदा त्यसकाविरुद्ध किन वकवास गरिन्छ? बजेट सुन्ने, छलफल गर्ने, पारित गर्ने सांसदहरूको संवैधानिक र कानूनी अधिकार नै हो। निर्वाचित जनप्रतिनिधिहरूको भूमिका कमजोर बनाउने कार्य कुनै बहानामा पनि उचित र सह्य हुन सक्दैन। यसबाट व्यवस्था विरोधी, अस्थिरतावादीहरू र अराजकतावादीहरू हौसिने तथा अनाश्वयक रुपमा आम नागरिक र मतदाताहरूमा थप असन्तुष्टि बढ्दै जान्छ,’ उनले भने।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया