बिएल संवाददाता
एमाले सांसद सूर्य थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्।
राजावादी आन्दोलनको तयारीका लागि आयोजित बैठकमा सम्बोधन गर्दै लिङदेनले अबको आन्दोलन निर्णायक हुने र प्रधानमन्त्रीलाई नै भगाउने अभिव्यक्ति दिएका थिए। उनले प्रधानमन्त्रीलाई हेलिकप्टर चढेर भाग्न दिने टिप्पणीसमेत गरेका थिए।
लिङदेनलाई थापाले समाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै आफूहरूलाई पनि पूर्व आन्दोलनकारी बताउँदै ‘हेलिकप्टरवाला प्रस्तावलाई हामी पूर्व आन्दोलनकारीहरूले कसरी बुझौं?’ भन्दै प्रश्न गरेका छन्।
उनले लिङदेनको उम्रिदै होइन, नउम्रिदै तीन पात देखिन थालेको व्यंग्य गरेका छन्।
यता थापाले लिङदेनलाई प्रश्न गरिरहँदा एमालेकै नेतृ उषाकिरण तिम्सिनाले थापाको पोस्टको कमेन्ट बक्समा जवाफ फर्काएकी छन्।
उनले भनेकी छन्, ‘लिङदेनले आफू राजावादी हुँ भनेका थिए, ढाँटेका थिएनन्, घोषणापत्रमै लेखेका थिए, टक्क यिनलाई सूर्य चिन्हमा भोट हाल्न चाहनेहरूले भोट हाल्न बाध्य हामीले बनाएकामा आत्मआलोचना मेरो भागमा परेजती गर्न चाहन्छु।’
सूर्यको प्रश्न-
उषाकिरणको जवाफ-
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया