बिएल संवाददाता
अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो (संशोधन विधेयक) २०८० का सम्बन्धमा छलफल भएको छ।
बुधबार बसेको अर्थ समितिको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का विषयमा विज्ञ र सरोकारवालासँग छलफल गरेको हो।
उक्त छलफलमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति कानुन विपरीत गरेको बताएका छन्। उनले नवनियुक्त गभर्नर विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको बताए।
उनले भने, ‘यही समितिको कुरा हो गभर्नर। यही समितिमा म माग गर्दछु संसदीय समिति बनाईयोस् छानविन गराइयोस्। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुन विपरीत नियुक्त गरेको छ। कानुनी रुपमा गभर्नर नियुक्त छ की छैन भनेर छानविन समिति बनाइनुपर्छ।’
यसैगरी, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जिवी नेपालले बैंक के को लागि हो भनेर बुझ्नुपर्ने बताए। उनले नेपालको चलन पैसा भन्ने चिज कसरी आउँछ? कुन रुपबाट आउँछ? यसको उपयोग कसरी गर्ने भन्ने कुरामा विज्ञहरू नै आफैं कन्फ्युज हुने गरेको बताए।
उनले भने, ‘हामीले बैंक के को लागि हो भनेर बुझ्नुपर्ने हुन्छ। हाम्रो चलन के छ भन्दा हामीलाई पैसा चाहिएको छ। देश विकास गर्नु पनि छ, तर हामी आफैं कुन रुपमा कन्फ्युज छौं भन्दा पैसा भन्ने चिज कसरी आउँछ? कुन रुपबाट आउँछ? यसको उपयोग कसरी गर्ने भन्ने कुरामा हामी आफैं कन्फ्युज छौं।’
उनले नेपालमा कानुन बने पनि त्यसको कुनै अर्थ नहुने गरेको बताए। उनले के उदेश्यले बैंक राख्ने, बैंकमा लगानी किन गराउने? यो सबै बुझ्न आवश्यक रहेको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया