बिएल संवाददाता
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीको तिलगाउँमा पहिरो गएको एक सातापछि कर्णाली प्रदेश सरकारले प्रभावितलाई राहत सामाग्री पठाएको छ।
तिलगाउँमा गत जेठ १ गते सुख्खा पहिरो गएपछि १८ परिवार त्रिपालमुनी बसिरहेका छन्।
बिहीबार हुम्लामा राहत सामाग्री पठाइएको कर्णालीको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव उत्तम गौतमले बताए। जिल्ला प्रशासन कार्यालय हुम्लाले माग गरे बमोजिम सामाग्री पठाइएको गौतमले बताए।
पहिरो प्रभावितका लागि ५ सेट अस्थायी घर, २० क्वीन्टल खाद्यान्न, १८ सेट सोलार सिस्टम र म्याट्रेस लगायतका सामाग्री पठाइएको गौतमले जानकारी दिए।
पहिरोबाट बिस्थापितलाई पहिलो पटक बुधबार राहत सामग्री पुर्याइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए।
जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न संघ संस्थासमेतको सहयोगमा चामललगायतका राहत सामग्रीहरू बुधबार हुम्ला पुर्याइएको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया