बिएल संवाददाता
नेकपा एमाले धनुषा जिल्ला ८औँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको मतगणना नतिजा सार्वजनिक गरिएको छ।
अबेर राति मतगणना सम्पन्न भएको हो। मतगणनाको अन्तिम परिणाम अनुसार भोला यादव नेतृत्वको समूह प्यानलसहित विजय भएको छ। उनी नेता रघुवीर महासेठ निकट हुन्।
भोला यादवले ४०२ मत प्राप्त गरेका छन् भने उनको निकट प्रतित्वन्दी लक्ष्मी नारायण यादवले मात्र २०२ मत प्राप्त गरेका थिए।
त्यस्तै उपाध्यक्ष पदमा तेजनारायण यादवले ४३० मतका साथ विजयी भएका छन्। उनको निकट प्रतित्वन्दी जयप्रकाश सुनरैतले १६० मत प्राप्त गरेका छन्।
यता सचिव पदमा दीपनारायण ठाकुरले ३६५ मत ल्याउँदै विजयी भएका छन् भने उनको निकट प्रतिद्वन्द्वी धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपसचिव पदमा सबिन विक्रम थापा विजयी भएका छन् भने महिला उपसचिवतर्फ रुका कुमारी मिश्र विजयी हासित गरेकी छन्।
लेखा समितिको संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया