बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेठ १३ गते बस्ने बैठक अवरुद्ध गर्ने सङ्केत गरेको छ।
आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले अब बस्ने संसद् बैठक सामान्य नहुने चेतावनी दिए।
बैठकमा सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको आदेश सदर गर्ने निर्णय मान्ने भए पनि केही त्रुटिहरू रहेको भन्दै त्यसबारे बहस गर्ने निष्कर्ष निकालेको छ।
प्रवक्ता झाले सर्वोच्चको आदेशमा केही त्रुटिहरू भेटेको भन्दै त्यसको सार्वजनिक रूपमा बहस गर्ने बताए।
बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको सवालमा पनि छलफल भएको उनले बताए।
उनले भने, ‘यथास्थितिमा भ्रष्ट सरकार र गठबन्धनले देशलाई कतै पुर्याउला जस्तो देखिँदैन। यो त एक अर्कालाई संरक्षण गर्ने भिजिट भिसा काण्डले नै देखाउँछ।’
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया