बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रविकिरण हमालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।
सोमबार उनले प्रहरी महानिरीक्षक दीपक थापालाई पत्र लेख्दै हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रधानमन्त्री ओलीलाई पक्राउ गर्न माग गरेका हुन्।
आइतबार प्रधानमन्त्री ओलीले बागमती प्रदेशका निर्वाचित वडाध्यक्षहरूको भेलामा बोल्दै जेठ १५ गतेको राजावादी आन्दोलन तितरबितर पार्न निर्देशन दिँदै काठमाडौं एमालेको कब्जामा हुनुपर्ने अभिव्यक्ति दिएका थिए।
आईजीपीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘शान्ति सुरक्षा खलल पुऱ्याउने, हिंसा भड्काउने र देशलाई द्वन्दतर्फ लैजाने कलुसित मनसायका साथ प्रधानमन्त्री केपी ओलीले योजनाबद्ध रुपमा संगठित रूपमा कुकृत्य गरिरहेको छानबिन हुनुपर्छ। त्यसको लागि उनलाई तुरुन्तै पक्राउ गरी हिरासतमा राख्न निवेदन गर्दछु।’
त्यस्तै उनले यस्ता हिंसात्मक अभिव्यक्तिलाई नजरअन्दाज गर्दा चैत १५ को स्थिति निम्तिने उल्लेख गर्दै यथाशीघ्र कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया