
बिएल संवाददाता
हिंसात्मक अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न पत्र लेखेका राप्रपा नेता रविकिरण हमाललाई प्रहरीले पक्राउ गरी २० घण्टा हिरासतमा राखेको छ।
हमालले प्रहरी महानिरीक्षक दीपक थापालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलाई पक्राउ गरी हिरासतमा राख्न माग गरेका थिए। तर, प्रधानमन्त्रीलाई पक्राउ गर्न भनेका हमाल आफैं पक्राउ परेका हुन्।
सोमबार साँझ ६ बजे पक्राउ परेका हमाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयको हिरासतमा राखिएको थियो। प्रहरीले उनलाई मंगलबार दिउँसो २ बजे हिरासतमुक्त गरेको हो।
प्रहरीले छोडेलगत्तै हमालले प्रेस वक्तव्य सार्वजनिक गर्दै प्रधानमन्त्रीकै निर्देशनमा आफूलाई पक्राउ गरिएको दाबी गरेका छन्।
उनले भने, ‘मलाई पक्राउ गर्नुको कारणबारे प्रहरी अधिकृत समक्ष सोधपुछ गर्दाखेरी माथिको आदेश अर्थात् प्रधानमन्त्रीको आदेशमा पक्राउ गरिएको जानकारी प्राप्त गरें।’
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया