बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको गणतन्त्र उत्सव भव्य र शान्त रुपमा समापन भएको बताएका छन्।
बिहीबार एमालेले आयोजना गरेको गणतन्त्र उत्सवको समापनमा बोल्दै उनले विभिन्न जातजातिका बाजागाजासहित र्यालीकासाथ गणतन्त्र उत्सवलाई भव्य रुपमा समापन गरिएको जानकारी दिए।
उनले भने,‘हामीले यो उत्सव अत्यन्तै भव्य र शान्त रुपमा विभिन्न जातजाति बाजागाजा संस्कृतिकासाथ गणतन्त्र उत्सवलाई भव्य र्यालीकासाथ सम्पन्न गरेको छौं।’
त्यस्तै उनले जनताको बलिदानबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र जनताको सार्वभौम सत्ताको प्रतिकको रुपमा रहेको बताए।
गणतान्त्रिक व्यवस्थामार्फत नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउने प्रयास निरन्तर जारी रहने उनको भनाई छ।
उनले भने,‘जनताको बलिदानबाट प्राप्त भएको लोकतन्त्र या गणतन्त्र जनताको सार्वभौम सत्ताको प्रतिकको रुपमा छ। नेपालको बहुभाषिक बहुसांस्कृतिक विशेषताको आधारमा समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गरेको छौं। त्यो व्यवस्थामार्फत नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउने प्रयास निरन्तर जारी छ।’
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया