बिएल संवाददाता
मंगलबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक दुईपटक सूचना टाँस गर्दा पनि नबसी स्थगित भएको छ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गर्ने तयारी गरेपछि भोलि १ बजेसम्मका लागि सूचना टाँस गरेर बैठक स्थगित भएको हो।
बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो दुई बजेका लागि सारिएको थियो। तर प्रतिपक्षी दलहरूले राजीनामालाई नै बटमलाइन बनाएर सदनमा बोल्न दिने माग राखेपछि बैठक बस्न नसकेको हो।
संघीय संसद सचिवालयले भने विशेष कारणले स्थगित गरिएको बताएको छ।
‘आजै दिनको २ बजे बस्ने गरी सूचना प्रकाशित भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक मिति ०८२ साल जेठ २१ गते बुधवार दिनको १ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा लेखिएको छ।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया