बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जातीय छुवाछूत अन्त्यका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आह्वान गरेका छन्।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले भने, 'आजको दिनले नेपाली समाजलाई सबै प्रकारका भेदभाव तथा जातीय छुवाछूतबाट पूर्ण रूपमा मुक्ति दिलाउने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै जातीय छुवाछूतजस्तो असामाजिक, अमानवीय र घृणित कार्यको अन्त्यका लागि आ–आफ्नो ठाउँबाट ठोस योगदान गर्न सबैलाई हार्दिक अपिल गर्दछु।'
पूर्वप्रधानमन्त्री नेपालले शुभकामना सन्देशमा मानव सभ्यताको कलङ्कका रूपमा रहेको जातीय विभेद तथा छुवाछूत प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन, सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील हुन पनि आह्वान गरे।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया