बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जातीय छुवाछूत अन्त्यका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आह्वान गरेका छन्।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले भने, 'आजको दिनले नेपाली समाजलाई सबै प्रकारका भेदभाव तथा जातीय छुवाछूतबाट पूर्ण रूपमा मुक्ति दिलाउने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै जातीय छुवाछूतजस्तो असामाजिक, अमानवीय र घृणित कार्यको अन्त्यका लागि आ–आफ्नो ठाउँबाट ठोस योगदान गर्न सबैलाई हार्दिक अपिल गर्दछु।'
पूर्वप्रधानमन्त्री नेपालले शुभकामना सन्देशमा मानव सभ्यताको कलङ्कका रूपमा रहेको जातीय विभेद तथा छुवाछूत प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन, सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील हुन पनि आह्वान गरे।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया