बिएल संवाददाता
सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले विचार र दृष्टिकोणमा सबैभन्दा अब्बल पार्टी भएको दाबी गरेका छन्।
नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै एमाले उपमहासचिव समेत रहेका गुरुङले एमालेजस्तो उत्कृष्ट विचार र दृष्टिकोण भएका पार्टी नेपालमा अरू कुनै नभएका दाबी गरे।
‘विचार, दृष्टिकोण, नेतृत्व सबै सही हुँदाहुँदै पनि पार्टी किन सोचेजस्तो बलियो हुन सकेको छैन?’ भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने उनले बताए।
उनले भने, ‘हाम्रो कार्यशैलीमा सुधार हुन आवश्यक छ, हाम्रो आचरणमा सुधार हुन आवश्यक छ। गिद्धले नवजीवनको लागि पुरानो ठुँडो भाँचे जस्तै एमालेलाई सुदृढ बनाउन शुद्धीकरणको अभियान चलाउनुपर्छ, एमाले हार्छ भने आफ्नै कारणले हार्छ, अरू कसैले हराउन सक्दैन।’
पार्टीभित्र दक्षिणपन्थी अवसरवाद मौलाउँदै गएको बताउँदै गुरुङले त्यसलाई पराजित गर्न नसकेसम्म पार्टी सबल हुन नसक्ने स्पष्ट पारे। आफूले टिकट पाउँदा ठिक, नपाउँदा सबै बेठिक हुने आत्मकेन्द्रित विचार बोक्ने नेता कार्यकर्ताले पार्टी समाप्त हुने उनले सुनाए।
एमाले नेता कार्यकर्तामा बिस्तारै गलत काम गर्नेहरूको भाइरस सर्दै गएको उनले बताए। त्यसले पार्टीलाई कमजोर बनाउँदै लगेको गुरुङको भनाइ छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया