बिएल संवाददाता
बिहीबार परेको अविरल वर्षासँगैको चट्याङमा परेर मुगुमा एक किसानले पालेका १४ बाख्रा मरेका छन्।
बिहीबार दिउँसो चट्याङ लागेर छायाँनाथ रारा नगरपालिका-८ झ्यारी गाउँका किसान देवचन्द्र रावलका १४ वटा बाख्रा मरेका हुन्। चट्याङ लागेर थप चारवटा बाख्रा घाइते छन्।
एकैसाथ १४ बाख्रा मरेपछि देवचन्द्रले बाख्रा पालनबाट विस्तापित हुनु परेको छ। उनले नगरपालिका लगायत अन्य निकायबाट राहत पाए फेरि बाख्रा पालन गर्ने बताए।
तीन घण्टा लामो भएको भारी वर्षापछि आएको बाढीले सोही गाउँकी बासुरुपा रावलको घर भत्किएको छ।
झ्यारी गाउँका अन्य धेरैजसोको घरभित्रै बाढी पसेको छ। केही गाउँले विस्थापित समेत भएका छन्।
२०७९ असोज महिनाको २४ र २५ गते आएको अविरल वर्षाले पनि झ्यारी गाउँमा ठूलो क्षति पुर्याएको थियो।
०७९ कै बाढीले चर्किएकै घरमा बस्नुपर्ने बाध्यता खेपिरहेका स्थानीय जोखिम मोलेर अहिले बस्न बाध्य रहेको स्थानीय असल रावलले बताए।
वर्षापछिको बाढीले पाक्दै गरेको जौं गहुँ बालीमा पनि क्षति पुगेको छ। घटनाको एकीन विवरण आउन भने बाँकि छ।
रारा छायानाँथ नगरपालिकाका मेयर विष्णुकुमार भामले प्रहरी पठाएर घटनाको मुचुल्का उठाउने काम भइरहेको जानकारी दिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया