बिएल संवाददाता
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले नेपालले चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताएकी छन्।
शनिबार चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल तिब्बतसँग नजिक रहेको भन्दै चीन र नेपाल सदियौंदेखिको मित्र भएको बताएकी हुन्।
उनले भनिन्, ‘हामी तिब्बतसँग नजिक छौं। नेपाल र चीन सौहार्दपूर्ण सम्बन्धमा रही उत्कृष्ट दुई पक्षीय सम्बन्धमा रहेको सदियौंदेखिको मित्र हो। नेपाल र नदीले जोडिएको चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्वपूर्णरुपमा लिन्छ। शान्तिपूर्ण सह–अस्तित्वका सिद्धान्तले हाम्रो मित्रतालाई बलियो आधार प्रदान गर्दैछ।’
उनले नेपालका लागि चीन उदार र भरपर्दो विकास साझेदार रहेको भन्दै चीनप्रति सधै आभारी हुने बताइन्। उनले भारत, नेपाल, भुटान र म्यानम्यार जस्ता मुलुकको सिमावर्ती क्षेत्रमा तिब्बत भएकाले भौगोलिकरुपमा आफैंमा महत्वपूर्ण रहेको बताइन्।
‘चीनको आँखीझ्याल भनेर चिनिने तिब्बतलाई चिनिनुको मूख्य कारण यसको भौगोलिक र रणनीतिक अवस्थिती नै हो। यो भारत, नेपाल, भुटान र म्यानम्यार जस्ता मुलुकको सिमावर्ती क्षेत्र भएकाले भौगोलिकरुपमा आफैंमा महत्वपूर्ण छ,’ उनले भनिन्।
उनले विश्वमा तिब्बतको संस्कृति एउटा इतिहासको पृष्ठ नभई संरक्षण र सम्मान गर्न आवश्यक रहेको पनि बताइन्। कार्यक्रममा नेपालका चिनियाँ राजदूत चेन सोङ्गले पनि आफ्नो धारणा राखेका थिए।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया