बिएल संवाददाता
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि सात अर्ब ४७ करोड ४१ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरेको छ।
मंगलबार महानगरपालिकाको सातौं नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले बजेट प्रस्तुत गरिन्।
उनले यस वर्षको बजेट समावेशी, नीतिलाई सम्बोधन गर्ने र सबैको अपनत्व हुनेगरी ल्याउने कोसिस गरेको बताइन्।
उनले देशको समग्र अर्थतन्त्र नाजुक रहेको भन्दै यो बजेट सुखद रहेको बताइन्। ‘देशको अर्थतन्त्र नाजुक रहेको र संघीय तथा प्रदेश सरकारबाट विगतमा दिँदै आएको अनुदानसमेत कटौती भएको परिपेक्षमा यो रकम बराबरको बजेट प्रस्ताव गर्नु हाम्रो लागि सुखद हो,’ उनले भनिन्।
उनले आगामी आर्थिक वर्षको चालु खर्चतर्फ २ अर्ब ९६ करोड ६४ लाख १८ हजार विनियोजन गरेको जानकारी दिइन्।
यस वर्षको बजेटले समग्र वर्ग, भुगोल, जाती, महिला, अपाङ्गता भएका व्यक्तिहरू, जेष्ठ नागरिक, बालबालिका लगायत सम्पूर्णलाई सम्बोधन गरी थप विश्वास जित्न सफल हुने उनले दाबी गरिन्।
उनका अनुसार अघिल्लो वर्ष कुल खर्च ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रहेको थियो भने सो मध्ये चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पूँजीगतर्फ ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार रुपैयाँ विनियोजन भएको थियो।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया