बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनको अवरोध खुलाउन एमालेसँग गरेको सहमतिलाई माओवादीकै नेताहरूले कुरै नबुझी प्रतिक्रिया दिएको भन्दै दुःखेसो पोखेका छन्।
बिहीबार पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विद्यालय ऐन, निजामती, नागरिकता लगायतका विधेयकहरू पास गर्नुपर्ने बाध्यताका कारण सदन खुलाउन पहल गरेको जिकिर गरे।
प्रचण्डले भने, ‘हामीले संसद खुलाउन सहमति गर्यौं, तर हाम्रा धेरै साथीले बुझेनन् मलाई दुःख छ। सरकारको नेतृत्व सदन नचलोस् भन्ने चाहेको हामीले बुझ्यौं। अहिले पनि त्यहीँ छ। यो नचल्दिए हुन्थ्यो भन्ने छ। सदन भङ्ग भइदिएदेखि अध्यादेशबाट सबै गर्ने। चाहे बजेट होस् चाहे अन्य ऐनको कुरा होस्। त्यही बुझेर कदम चालियो।’
एकथरी मानिसहरूले जानिबुझी गलत प्रचार गरेर लिडरसिपलाई कसरी घेराबन्दी गर्न सकिन्छ भनेर लागेकोले त्यसबारे मजदुर वर्गले बुझिदिनुपर्ने बताए।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया