बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा धान उत्पादनबारे फैलिएको गलत धारणा सच्याउनुपर्ने बताएका छन्।
राष्ट्रिय धान दिवसको अवसरमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका चुनीखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालले अतितमा धान निर्यात गर्ने राष्ट्रको रुपमा चिनिए पनि अहिलेको वास्तविकता त्यस्तो नरहेको बताएका हुन्।
‘नेपालले कुनैबेला अत्यधिक मात्रामा धान उत्पादन गर्थ्यो र निर्यात पनि हुन्थ्यो,’ थापाले भने, ‘तर अहिले ‘नेपालमा धान उत्पादन घटेको छ’ भन्ने धारणा गलत तथ्यांकका आधारमा बनाइएको हो। नेपालले धान आयात गरिरहेको भएपनि उत्पादन राम्रो नै भइरहेको छ।’
साथै उनले देशभर रहेका बाँझो खेतको उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘खेतीयोग्य जमिन उपयोगमा ल्याउन सक्यौं भने धान उत्पादन अझै बढाउन सकिन्छ। तर सिंचाइ आयोजनाहरू समयमै सम्पन्न हुन नसक्दा समस्या देखिएको छ।’
उनले सिँचाइ आयोजनाको प्रभावकारितामाथि पनि प्रश्न उठाउँदै भने, ‘केही वर्षअघिसम्म सम्पन्न भइसक्नुपर्ने ठूला सिंचाइ आयोजना अझै अपूरा छन्, ती छिटो पुरा गर्न सके धान उत्पादनमा ठुलो फड्को मार्न सकिन्छ।’
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया