बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा धान उत्पादनबारे फैलिएको गलत धारणा सच्याउनुपर्ने बताएका छन्।
राष्ट्रिय धान दिवसको अवसरमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका चुनीखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालले अतितमा धान निर्यात गर्ने राष्ट्रको रुपमा चिनिए पनि अहिलेको वास्तविकता त्यस्तो नरहेको बताएका हुन्।
‘नेपालले कुनैबेला अत्यधिक मात्रामा धान उत्पादन गर्थ्यो र निर्यात पनि हुन्थ्यो,’ थापाले भने, ‘तर अहिले ‘नेपालमा धान उत्पादन घटेको छ’ भन्ने धारणा गलत तथ्यांकका आधारमा बनाइएको हो। नेपालले धान आयात गरिरहेको भएपनि उत्पादन राम्रो नै भइरहेको छ।’
साथै उनले देशभर रहेका बाँझो खेतको उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘खेतीयोग्य जमिन उपयोगमा ल्याउन सक्यौं भने धान उत्पादन अझै बढाउन सकिन्छ। तर सिंचाइ आयोजनाहरू समयमै सम्पन्न हुन नसक्दा समस्या देखिएको छ।’
उनले सिँचाइ आयोजनाको प्रभावकारितामाथि पनि प्रश्न उठाउँदै भने, ‘केही वर्षअघिसम्म सम्पन्न भइसक्नुपर्ने ठूला सिंचाइ आयोजना अझै अपूरा छन्, ती छिटो पुरा गर्न सके धान उत्पादनमा ठुलो फड्को मार्न सकिन्छ।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया