बिएल संवाददाता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको मूल आर्थिक गतिविधिको आधार मानेको बताएका छन्।
मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरूलाई राष्ट्रिय पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले सरकारले आन्तरिक रोजगारको प्रवर्धनका लागि काम गरिरहेको बताएका हुन्।
उनले भने, ‘नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको मूल आर्थिक गतिविधिको आधार मान्दै वैदेशिक रोजगारको बाध्यात्मक अवस्थालाई अन्त्य गर्न आन्तरिक रोजगारको प्रवर्द्धन गर्नुपर्छ भन्ने कुरालाई मध्यनजर राखेका छौं।’
उनले आगामी दशकलाई आन्तरिक रोजगारी प्रवर्द्धनको दशकका रुपमा मनाउने निर्णय सरकारले गरेको पनि बताए।
‘हामीले आन्तरिक रोजगारीको निम्ति आगामी दशकलाई आन्तरिक रोजगारी प्रवर्द्धनको दशकको रुपमा मनाउने निर्णय गर्यौं र मन्त्रालयमा आन्तरिक रोजगार महाशाखाको व्यवस्था गर्यौं’, उनले भने।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरेका उद्यमीहरूलाई पुरस्कृत गरेको छ।
कार्यक्रममा झापाका रविन पोखरेल, उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् भने उर्लाबारी मोरङका राजिव खड्का उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्।
यसैगरी बाराका शंकर सिम्खडा, दोलखाका कुमार श्रेष्ठ, तनहुँका बसन्तबहादुर खड्का, अर्घाखाँचीका शोभाकर पौडेल, सुर्खेतका लक्ष्मीप्रसाद ढकाल उद्यमी राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया