बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक अभ्यासप्रति कडा आलोचना गर्दै समाजवादको नाममा व्यक्तिवाद हाबी भएको बताएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गानारायण ढकालको कृति समाजवादी दर्शनको रूपरेखा लोकार्पण कार्यक्रममा बोल्दै उनले समाजवादको नाम लिने तर व्यवहारमा व्यक्तिवादमा रमाउने प्रवृत्ति मौलाउँदै गएको टिप्पणी गरेका हुन्।
उनले भने, ‘पूँजीवाद र समाजवादको एउटा आधारभूत अन्तर भनेको पूँजीवाद व्यक्तिवादमा आधारित छ भने समाजवाद सामूहिकतामा आधारित दर्शन हो। तर आजभोलि व्यवहारमा व्यक्तिवादको प्रयोग गर्ने प्रवृत्ति हाबी भएको छ।’
संविधानमा उल्लेखित प्रगतिशील र लोकप्रिय मूल्यहरू उल्ट्याउने प्रयास भइरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको नाममा जनताको विश्वासमाथि चलखेल भएको आरोप लगाए।
उनले संविधानमा उल्लेख गरिएका मूल मान्यता र मूल्यहरूलाई इमान्दारीपूर्वक लागू गर्ने एउटा विचार र प्रवृत्ति भएको उल्लेख गर्दै त्यसको विरुद्धमा संविधानमै भएका उपलब्धिहरूलाई कमजोर पार्ने अभियान पनि चलिरहेको बताए।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया