बिएल संवाददाता
काठमाडौं महानगरपालिकाले अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि परम्परागत टोल/गुठी/खलहरूलाई आर्थिक अनुदान सहयोग रकमको चेक हस्तान्तरण गरेको छ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त रकमको चेक हस्तान्तरण गरिएको हो।
सोही क्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले दिएको रकम अनुदान नभएको भन्दै यो पहिचान बचाउनको लागि निरन्तर निःस्वार्थ रुपमा योगदान गर्नेहरूको लागि सम्मान भएको बताएकी छन्।
उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले दिएको रकम अनुदान स्वरुप दिन लागेको होइन, सम्मान गरेर दिन लागेको हो। अनुदान भन्ने वित्तिकै सहयोग भन्ने बुझिन्छ। तर महानगरपालिकाको पहिचान बचाउनको लागि निरन्तर निस्वार्थ रुपमा योगदान दिनु भएको छ र यो त्यसकै सम्मान हो।’
यस्तै, उनले काठमाडौं महानगरपालिकाभित्र रहेको हरेक समुदाय र बाजाको उत्तिकै महत्व रहेको भन्दै बाजागुरूलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताइन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया