बिएल संवाददाता
काठमाडौं महानगरपालिकाले अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि परम्परागत टोल/गुठी/खलहरूलाई आर्थिक अनुदान सहयोग रकमको चेक हस्तान्तरण गरेको छ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त रकमको चेक हस्तान्तरण गरिएको हो।
सोही क्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले दिएको रकम अनुदान नभएको भन्दै यो पहिचान बचाउनको लागि निरन्तर निःस्वार्थ रुपमा योगदान गर्नेहरूको लागि सम्मान भएको बताएकी छन्।
उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले दिएको रकम अनुदान स्वरुप दिन लागेको होइन, सम्मान गरेर दिन लागेको हो। अनुदान भन्ने वित्तिकै सहयोग भन्ने बुझिन्छ। तर महानगरपालिकाको पहिचान बचाउनको लागि निरन्तर निस्वार्थ रुपमा योगदान दिनु भएको छ र यो त्यसकै सम्मान हो।’
यस्तै, उनले काठमाडौं महानगरपालिकाभित्र रहेको हरेक समुदाय र बाजाको उत्तिकै महत्व रहेको भन्दै बाजागुरूलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताइन्।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया