बिएल संवाददाता
कांग्रेस नेता बिमलेन्द्र निधिले राजर्षि जनक विश्वविद्यालयको केन्द्रीय भवन निर्माणमा एमालेका प्रतिनिधिहरूले अवरोध गरिरहेको आरोप लगाएका छन्।
शनिबार जनकपुरधामस्थित पार्टीको जिल्ला कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले धनुषा क्षेत्र नम्बर ३ र ४ बाट निर्वाचित एमालेका प्रतिनिधि तथा नेताहरूले विश्वविद्यालयको भवन निर्माणमा अवरोध खडा गरिरहेको बताए।
स्थापनाको समयमा धनुषाका एमालेका प्रतिनिधिहरूले सहयोग गरेको तर, अब उल्टै एमालेका क्षेत्र नं. ३ र ४ का प्रतिनिधिहरूले नै अवरोध उत्पन्न गरेर विश्वविद्यालयको भवन निर्माण कार्यलाई रोक्ने प्रयास गरिरहेको नेता निधिले आरोप लगाएका छन्।
धनुषाको नगराईन नगरपालिकामासमेत एमालेका नेता तथा प्रतिनिधिहरूले बजेट पास गर्न नदिइरहेको नेता निधिले बताए। मेयरको अधिकार कटौती गर्ने गरी कार्यविधि बनाउन एमालेका नेता र प्रतिनिधिहरूले माग गरेको उनले जानकारी दिए।
सत्ता गठबन्धनमा एमाले र कांग्रेससंगै भएपनि गठबन्धनको धनुषा क्षेत्र नं.३ बाट प्रतिनिधित्व गर्ने एमालेका नेताले न्यूनतम शिष्टाचार पालना नगरेको नेता निधिको आरोप छ। सार्वजनिक विकासको विषयमा अवरोध गर्नु दुःखद भएको उनले बताए।
नेता निधिले धनुषाको फुलगामामा कुनै पनि हालतमा राजर्षि जनक विश्वविद्यालयको भवन बनाएरै छोड्ने जानकारी दिए। त्यसका लागि नेपाली कांग्रेसले जे गर्नुपर्छ त्यो गर्ने प्रतिवद्धता जाहेर गरे।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया