बिएल संवाददाता
सभामुख देवराज घिमिरेले ऐन र कानुनको पूर्ण पालना गर्दै बेरुजु नबनाउने गरी काम गर्नुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित बेरुजुसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले बेरुजुको प्रभाव र न्यूनीकरणको लागि छलफल आवश्यक रहेको बताए।
उनले भने, ‘ऐन वा कानुनको पूर्ण पालन गरी बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिन जरुरी छ। र यो कसरी गर्न सकिन्छ त्यसतर्फ छलफल केन्द्रीत हुनुपर्छ। वित्तिय सुशासन, आर्थिक अनुशासन र समग्र अर्थतन्त्रमा बेरुजुको प्रभाव र न्यूनीकरणका उपायहरूबारे विषयगत ढंगबाट छलफल गर्न आवश्यक छ।’
उनले सुशासन, समृद्धि, सुख ,समृद्धि र समानताको मुख्य आधार भनेको नै आर्थिक स्थितीले तय गर्ने धारणा राखे। यस कारण अर्थतन्त्रलाई कसरी दरिलो बनाएर सहि प्रणालीबाट लैजान सकिन्छ भन्ने विषयमा ध्यान जान जरुरी रहेको उनले बताए।
उनले भने, ‘सुशासन,सुख, समृद्धि र समानताको मुख्य कुरा भनेको आर्थिक स्थितिले तय गर्छ। समाजका विभिन्न विधाहरू राजनीतिक, सांस्कृतिक, साहित्यिकलगायत विभिन्न विधामा सफलता हुन आर्थिक सम्पन्नता हुनुपर्छ। त्यसैले अर्थतन्त्रलाई कसरी दरिलो बनाउने भन्ने आधारभुत कुरा हो। र यो दरिलो भएर मात्र हुदैन सही प्रणालीबाट कसरी लैजान सकिन्छ, उपार्जन कसरी गर्न सकिन्छ भन्नेबारे पनि ध्यान जानुपर्छ।’
देखिएको बेरुजुलाई समयमा नै टुंगो लगाउन तीनै तहको सरकार लागि पर्नुपर्ने उनको भनाइ छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया