बिएल संवाददाता
नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक पार्टीहरू सैद्धान्तिक र वैचारिकरुपमा पुनर्गठित हुन नसके त्यसको मृत्यु हुने बताएका छन्।
शनिबार सोमप्रसाद मिश्रद्वारा लिखित पुस्तक ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू- तुलनात्मक अध्ययन’ विमोचन कार्यक्रममा बोल्दै उनले पार्टी पुनर्गठन हरेक राजनीतिक दलहरूको चुनौतीको रुपमा रहेको भन्दै पुनर्गठन हुन नसकेको पार्टी विलय हुने बताएका हुन्।
उनले भने, ‘हरेक कुराको गठन र पुनर्गठन हुन्छ, हरेक क्षण पुनर्गठन भइरहन्छ जून पुनर्गठन हुदैन त्यसको मृत्यु हुन्छ। हरेक राजनीतिक दललाई चुनौती छ। जसले आफूलाई पुनर्गठित गर्दैन उसले मृत्यु अवश्य छ। पुस्तकमा भने जस्तो धेरै देशहरूमा कति पार्टी आए कति गए, आज पनि केही देशहरू बाहेक राजनीतिक स्थाइत्व छैन।’
उनले राजनीतिक दलहरू कहिले पनि पाको नहुने भन्दै पार्टीहरू आफूलाई बदल्दै नयाँ स्वरुपका आइरहने बताए।
‘पुराना दलहरू सकिँदैछन्, पुराना दलहरूको स्थान नयाँ पार्टीले लिदैछन् भन्ने भाष्यहरू निर्माण हुँदैछ। पुराना दलले के गरे? किन हामी? भन्दै कविन्द्रजीहरू लाग्दै हुनुन्छ। राजनीतिक दलहरू कहिले पनि पाको हुँदैन। राजनीतिक दल बुढो हुँदैन। बदलिदै जान्छ पुनर्गठित हुँदै जान्छ। जून पुनर्गठित हुँदैन बुढो हुन्छ र मृत्यु हुन्छ,’ उनले भने।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया