बिएल संवाददाता
इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्।
रास्वपाका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल, सांसद निशा डाँगी, रास्वपाका सह-महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी, तथा विपिन आचार्यको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन्।
इलाम बजारमा रहेको उम्मेदवार सम्पर्क कार्यालयबाट मन्त्री अर्याल लगायत केन्द्रीय पदाधिकारी र समर्थकहरूले आफ्नो पार्टीको चुनाव चिन्ह घण्टी बजाउँदै ठूलो र्र्यालीसहित मनोनयन दर्ता गराउन गएका हुन्।
लामो समयदेखि पत्रकारिता मार्फत नागरिकको मुद्दालाई जोडदार रूपमा उठाउँदै आएका लिम्बूको उम्मेदवारीलाई इलामका नागरिकहरूले आमनागरिकको उम्मेदवारीको रूपमा लिएर समर्थन गर्दै आएका छन्। इलाममा मात्र नभई देशभरीबाट नै मिलन लिम्बूका लागि उल्लेख्य समर्थन आएको प्रष्ट छ।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि हालसम्म एक दर्जन बढीले उम्मेदवारी दर्ता गराइसकेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया