बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा विकासका काम धेरै भएको दाबी गरेका छन्।
सोमबार झापाको बुद्धशान्ति गाउँपालिका-४ मा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपुर्जा वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा ‘केही पनि भएको छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिएकामा आपत्ति जनाएका हुन्।
उनले मुलुकमा भइरहेको विकासलाई नदेखेजस्तो गर्दै ‘केही भएको छैन’ भन्नु भ्रम मात्र भएको जिकिर गरे।
उनले भने, ‘गौँडा गौँडामा कालोपत्रे सडक बनेको छ, यही पालिकामा १८ करोडभन्दा बढीका खानेपानीका योजना परेका छन्। नेपालकै तेस्रो लामो झोलुङ्गे पुल यहीँ छ, अनि अझै विकास भएन भन्ने?’
उनले अहिले जताततै सडक, पुल, खानेपानी, विद्युत् विस्तार र अस्पतालको सुविधालगायतका विकासका काम भएपनि नागरिकलाई विकाससँगै सुशासन पनि चाहिएको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया