बिएल संवाददाता
रोल्पाको माडी गाउँपालिकामा शैक्षिक सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै चार राजनीतिक दलले संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले विज्ञप्ति जारी गर्दै खरिद प्रक्रियामा भएको अनियमितता सार्वजनिक गरेका हुन्।
विज्ञप्तिअनुसार माडी गाउँपालिकाले खरिद गरेको शैक्षिक सामग्रीमध्ये एक क्यासियो क्याल्कुलेटरको मूल्य प्रति थान ४ हजार ७५० उल्लेख गरिएको छ। तर, सोही मोडल र क्वालिटीको क्यासियो फुटकर बजारमा ३ हजार २०० मै पाइने प्रमाणसहित दलहरूले दाबी गरेका छन्। केवल एक क्यासियोमा मात्र १ हजार ५५० बढी मूल्यमा खरिद गरिएको देखिएको विज्ञप्तिमा उल्लेख छ।
चारै दलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो मूल्य अन्तरले पालिकामा ठूलो आर्थिक अनियमितता भएको पुष्टि हुन्छ।’
यसअघि चार दलले १६ बुँदे मागसहित पालिकासमक्ष ध्यानाकर्षण पत्र बुझाएको र पुनः असार १८ गते भएको छलफलमा छानबिन समिति गठन गर्ने सहमति भएको जानकारी गराइएको छ।
तर सो सहमतिअनुसार गठन भएको छानबिन समिति काम सुरु गर्न नपाउँदै पालिका अध्यक्ष र कर्मचारी मिलेमतोमा समितिको कामलाई विषयान्तर गर्दै बेनामी उजुरीमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिई समिति भंग गराएको भन्दै दलहरूले आपत्ति जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘अब संवाद र छलफलको बाटो बन्द भएको घोषणा गर्दछौं। हामी स्वयंले प्रमाणसहित अख्तियारमा उजुरी दिई कानुनी लडाइँ सुरु गरेका छौं।’
विज्ञप्तिमा नेपाली कांग्रेस माडी गाउँपालिका सभापति नवराज डाँगी, नेकपा एमाले अध्यक्ष देवप्रसाद डाँगी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष विकास घर्ती मगर र नेपाल कम्युनिष्ट पार्टीका सचिव श्यामबहादुर घर्तीको संयुक्त हस्ताक्षर रहेको छ।

निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया