बिएल संवाददाता
नेकपा एमालेका सांसद योगेश भट्टराईले तत्काल निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखी काम गर्नुपर्ने बताएका छन्।
बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेताको भोट बढाउनका निम्ति विमानस्थल बढाउन रोकी प्राथमिकतामा रहेको काम गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘५५ वटा विमानस्थल सबै सञ्चालनमा पनि छैन, करिव ३०/३२ वटा संचालनमा होलान्। नीति कार्यक्रममा फेरि विमानस्थल थप्ने कुरा उचित छैन। यो राजनीतिक दबाब हो। दबाबमा कुनै नेताको भोट बढाउनका निम्ति विमानस्थल बढाउनु हुँदैन। यसबाट राष्ट्रको ठूलो क्षती हुन्छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल प्राथमिकतामा हुनुपर्छ अरु तत्कालै बनाउनुपर्छ जस्तो मलाई लाग्दैन भएका विमानस्थलको क्षमता बढाउने हो।’
उनले बैठकमा जनसंख्या, भुगोल, सडक यातायातको पहुँचसँगै विमानस्थलको प्राथमिकताका सन्दर्भमा छलफल गर्नुपर्ने बताए।
‘नेपाल हालसम्म ५५ वटा विमानस्थल हामीसँग छन्। यो विधेयकमाथि छलफल भइरहँदा यस्ता कुरामा पनि छलफल हुनुपर्छ। अब हामीलाई कति वटा विमानस्थल चाइन्छ? हाम्रो जनसंख्या, भुगोल, सडक यातायातको पहुँच आदी कुराहरूको र विमानस्थलको प्राथमिकता के हो भन्ने सन्दर्भ पनि छलफल गर्नुपर्छ।’
उनले हवाई सेवा प्राधिकरणको नेतृत्वमा नेपाल सरकारको कर्मचारीहरू भन्दा हवाई संस्थाका अनुभवी, क्षमता भएका व्यक्ति महानिर्देशक हुनुपर्ने समेत बताए।
आज बसेको समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल गरिएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया