बिएल संवाददाता
बागमती प्रदेश सांसद मिना पराजुली र माया श्रेष्ठले प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) विरुद्ध पेस गरिएको अविश्वास प्रस्तावमा आफूहरूको समर्थन नभएको स्पष्ट पारेका छन्।
आज जारी गरिएको प्रेस विज्ञप्तिमा उनीहरूले अविश्वासको प्रस्तावमा हस्ताक्षर संकलन गर्दा प्रस्तावको विषयवस्ताबारे जानकारी नदिएको र त्यसप्रति असहमति रहेकाले समर्थन फिर्ता लिएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नगराई हस्ताक्षर गराइएको सोमा हाम्रो असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ)लाई समर्थन रहेको व्यहोरा अवगत गराउँदछौं।’
यस घटनाले बागमती प्रदेशको राजनीतिक परिवेशमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।
इन्द्र बानियाँलाई संसदीय दलको नेता बनाउने गरी २१ जना सांसदले हस्ताक्षर गरेका थिए। त्यसमा दुई सांसदले नाम फिर्ता लिएपछि कांग्रेसका ३७ सांसदमध्ये बानियाँको पक्षमा १९ र लामाको पक्षमा १८ सांसद भएका छन्। अझै दुई सांसद तानेर सत्ता जोगाउने रणनीतिमा लामा छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया