महेश चौलागाईं
जुम्लाको तातोपानी गाउँपालिका अन्तर्गतका दुईजना युवा नेता एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका लालबहादुर बिष्ट र मीनबहादुर शाहीले अबको यात्रालाई कांग्रेसमार्फत अघि बढाउने घोषणा गरेका हुन्।
तातोपानी गाउँपालिका-६ निवासी लालबहादुर बिष्ट विगत १४ वर्षदेखि एमालेको इलाका सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए। पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘नेपालमा परिवर्तन गर्नसक्ने पार्टी भनेकै नेपाली कांग्रेस हो। अब लोकतान्त्रिक विचारधाराका साथ कांग्रेसमार्फत योगदान पुर्याउनेछु।’ बिष्ट २०६४ सालदेखि एमालेको राजनीतिमा सक्रिय थिए।
त्यसैगरी, तातोपानी गाउँपालिका-२ निवासी मीनबहादुर शाही पनि ६४ सालदेखि एमालेको शिक्षक संगठनमा आवद्ध हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए। उनले अबको बिशेष राजनीतिक जीवन कांग्रेसमै समर्पित रहने जनाउँदै मुलधारको लोकतान्त्रिक राजनीतिमा विश्वास रहेको स्पष्ट पारे।
उनीहरूले नेपाली कांग्रेसमा प्रवेश गर्दा नेपाली कांग्रेस जुम्लाका प्रवक्ता मेघराज गिरि, क्षेत्र नं. ‘क’ का क्षेत्रीय सचिव तिर्थराज न्यौपाने, नेपाली कांग्रेस नेता तथा तातोपानी गाउँपालिका-५ का वडाध्यक्ष छिरिङ महत, लोकतान्त्रिक खेलकुद संघ जुम्लाका उपाध्यक्ष रोशन श्रेष्ठ लगायतको रोहवरमा औपचारिक स्वागत गरिएका थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया