बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रेडियोलोजिस्ट चिकित्सकको अभावप्रति कडा आक्रोश व्यक्त गर्दै प्रतिष्ठानको नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्।
जुम्लाबाट प्रतिनिधिसभा सदस्य समेत रहेका शाहीले वार्षिक ५० करोड रुपैयाँ बजेट प्राप्त हुँदा पनि रेडियोलोजिस्ट जस्तो अत्यावश्यक चिकित्सक नराखिएको भन्दै उनले यो जुम्ला र समग्र कर्णालीको अपमान भएको बताए।
शाहीले सामाजिक सञ्जालमार्फत प्रतिष्ठानका कार्यवाहक उपकुलपति र रजिस्ट्रारको वार्षिक ५० लाख तलब र अनावश्यक कार्यकर्ता भर्तीमा करोडौं खर्च भएको जनाएका छन्। तर जनताको स्वास्थ्य सेवाका लागि आधारभूत जनशक्ति व्यवस्थापन नगरेको भन्दै ‘अत्यधिक दादागिरी’ देखाएको संज्ञा दिएका छन्।
उनले यो बेथितिविरुद्ध कर्णाली र जुम्लावासी चुप नबस्ने चेतावनी दिँदै सम्बन्धित निकायलाई जानकारी गराइसकेको र चाँडै सुधारको अपेक्षा गरेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘यो दादागिरीका विरुद्धमा सिंगो कर्णाली र जुम्ला जिल्ला चुप लागेर बस्दैन हेक्का रहोस्। बेलैमा सुध्रिनुस्। हैन भने कर्णालीवासी एवं जुम्ली जनताले आफ्नो अधिकार प्रयोग गर्नेछन्।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया